२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न नसकेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले खास गरेर आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरेका छन् । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाई छ । केही नेताहरुको लागि पार्टीहरु भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरु विघठित भईसकेको उनले बताएका छन् ।
उनले जेनजी युवाहरुको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउदै एकताको स्वाङ गरिरहेको आरोप लगाएका छन् । 
 
उनले भने, ‘नेपालका राजनितिक पार्टी र जनसमुदायको बीचमा एउटा गहिरो र फराकिलो खाडल तयार भयो । खाडल छ भन्ने कुरा सबैले भन्दै थिए, लेख्दै थिए । तर त्यहाँ खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन । नेपालको कम्युनिष्ट आन्दोलन आज विघटन हुन पुगेको छ । केही नेताहरुको लागी र ती नेताहरुको वरिपरि बस्ने शिष्य, मंगलका निम्ति पार्टी छ । तर जनताको नजरबाट हेर्दा जेनजीको नजरबाट हेर्दा २३ र २४ को नजरबाट हेर्दा पार्टीहरु विघठित भएका छन् । पार्टीहरुको केही अस्तित्व छैन । जेनजी युवाहरुको जुन भावना हो भ्रष्टाचार मेटाईदिउँ भन्ने तर अहिले भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरु, भ्रष्टाचारका अभियोग लागेका नेताहरु टाउकोमा कल्की झुण्डाएर ठुलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन् ।’ 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij