२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । महामन्त्री गगन थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।
कार्यसमिति बैठकमा बोल्दै थापाले अधिवेशनलाई मङ्सिरमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका कारण पुसमा सार्ने सहमति बन्ने सम्भावना हुने भन्दै पुसमा सारेको जानकारी दिएका छन् ।
थापाले भने, ‘पार्टी एक हुने पूर्ण विश्वासका साथ पार्टीलाई साझा निर्णयमा पुर्याउँछौँ । सबै मिलेर पुसमा अधिवेशन गर्ने तयारी गर्नुपर्छ ।’
थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका मौखिक रूपमा पेस गरेका छन् ।
पार्टीको विधान संशोधनमा युवाको सहभागिता, समावेशी प्रतिनिधित्व र ल्याटरल एन्ट्री प्रणाली थप्ने प्रस्तावबारे पनि छलफल भइरहेको थापाले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij