२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको मन्त्रिपरिषदको बैठकमा निति कार्यक्रम र बजेटमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई कांग्रेस, माओवादी र एमालेभित्रको माधव पक्षले सहयोग नगर्ने र जसपा पनि तटस्थ बन्ने अवस्थामा विश्वासको मत पाउने सम्भावना देखिदैन ।
प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संसदको सबैभन्दा ठुलो दलको नेताका हिसावले पुनः प्रधानमन्त्रीको रुपमा सपथ खानेछन् ।
प्रधानमन्त्री ओली वैकल्पिक सरकार बन्न दिने र देशलाई निर्वाचनमा लग्ने योजनामा छन् । केही गरी बैकल्पिक सरकार बने बजेट ल्याउने र आफु प्रतिक्षमा बस्ने उनको तयारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij