Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन प्रचण्डको अनुरोध

संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन प्रचण्डको अनुरोध


  • 7.5K
    Shares

    संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन प्रचण्डको अनुरोध

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरूपयोग गरेको आरोप लगाएका छन् ।

    शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको बताएका हुन् ।

    ‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दैछ’, उनले भनेका छन् ।

    उनले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।

    उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुनसमेत सबै संवैधानिक परिषद्का सदस्यहरुसँग अनुरोध गरेका छन् ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १७:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij