Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० महिनामा ७ प्रदेश सरकारहरूको खर्च १ खर्ब १७ करोड

१० महिनामा ७ प्रदेश सरकारहरूको खर्च १ खर्ब १७ करोड


  • 2.3K
    Shares

    १० महिनामा ७ प्रदेश सरकारहरूको खर्च १ खर्ब १७ करोड
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार प्रदेश सरकारहरूले १० महिनामा १ खर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन् ।

    सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाखसम्म ७ प्रदेश सरकारले १ खर्ब १७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् ।

    प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ देखिएको छ ।

    राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - ११:४७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij