Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १४ महिनाको आयात धान्ने

२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १४ महिनाको आयात धान्ने


  • 1.5K
    Shares

    २५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति,  साढे १४ महिनाको आयात धान्ने

    काठमाडौं । नेपालको विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । 

    चैत महिनाको अन्त्यसम्म यस्तो सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो ।

    रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक सुधार हुँदा यो महिना विदेशी विनिमय सञ्चिति बढेको छ । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख रहेको छ । 

    यो अवधिमा कुल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा रहेको छ । 

    विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।

     

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - ११:१७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij