Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विभिन्न ४ हाइड्रोपावर कम्पनीको सेयरमा असारभित्र ‘लकइन’ अवधि सकिने, अपर सोलु हाइड्रोको असार २ गते

विभिन्न ४ हाइड्रोपावर कम्पनीको सेयरमा असारभित्र ‘लकइन’ अवधि सकिने, अपर सोलु हाइड्रोको असार २ गते


  • 1.6K
    Shares

    विभिन्न  ४ हाइड्रोपावर कम्पनीको सेयरमा असारभित्र ‘लकइन’ अवधि सकिने,  अपर सोलु हाइड्रोको असार २ गते
    images

    काठमाडौं । विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ आगामी असार महिनाभित्र सकिने भएको छ ।

    लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन्  भने जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने जोखिम हुने भएकाले कम्पनीले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छ ।

    विन्ध्यबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको असार महिनामा लकइन अवधि सकिन लागेको छ ।

    दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभवित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरमा असार ७ गते लकइन अवधि सकिने भएको छ ।

    विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमा असार २ गते लकइन अवधि समाप्त हुने भएको छ ।

    अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरमा असार २९ गतेदेखि लकइन अवधि समाप्त हुने भएको छ ।

    हिमालयन हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरमा असार २७ गते लकइन अवधि समाप्त हुने भएको छ ।

     

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - ०९:५५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij