२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सरकारले ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सो बराबरको छुट दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरण सबैभन्दा अगाडि रहेको छ। प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ भने त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएको छ।
धुलिखेलको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले समेत २३ हजार रुपैयाँ राजश्व छुट प्राप्त गरेको छ ।
त्यसैगरी चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij