Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजन गर्ने तयारी

सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजन गर्ने तयारी


  • 1.3K
    Shares

    सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजन गर्ने तयारी
    images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले तयार गर्न लागेको बजेटमा सांसदहरूलाई योजनाका लागि २ अर्ब २३ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ।

    सरकारको प्रारम्भिक प्रस्ताव अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँको दरले बजेट भाग लगाइने भएको छ।

    सुदूरपश्चिम प्रदेशसभामा हाल ५३ सांसद छन्, जसमा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन्।

    प्रदेश सरकारले बजेट विनियोजनको यो अभ्यासलाई औपचारिक रूपमा उल्लेख नगरे पनि विगत वर्षमा जस्तै यसपटक पनि घुमाउरो तरिकाबाट सांसदहरूको क्षेत्रीय योजनाका लागि रकम छुट्याउने तयारीमा रहेको छ।

    गत आर्थिक वर्ष २०८१/८२ मा प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोडका दरले बजेट विनियोजन गरिएको थियो । त्यसअनुसार सरकारबाट कुल १ अर्ब ७० करोड रुपैयाँ सांसदहरूको सिफारिसमा खर्च गरिएको थियो।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - ११:०२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij