Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्दै

हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्दै


  • 2.0K
    Shares

    हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्दै
    images

    काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।

    कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

    कम्पनीले १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्ने भएको छ भने ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 

    साथै, ९३ लाख २५ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - ०९:४३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij