Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लगानी बोर्डको ६४ औँ बैठक: मुक्तिनाथ केबलकारको ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत

लगानी बोर्डको ६४ औँ बैठक: मुक्तिनाथ केबलकारको ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत


  • 3.2K
    Shares

    लगानी बोर्डको ६४ औँ बैठक: मुक्तिनाथ केबलकारको ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत
    images

    काठमाडौं ।  लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृति लगायतका विभिन्न परियोजना अघि बढाउने निर्णय  भएको  छ ।

    आज बिहिबार प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केबलकार निर्माणका लागि लगानी स्वीकृत भएको छ । 

    ५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण ढाँचामा मुक्तिनाथ दर्शन प्रा.लिले निर्माण गर्न प्रस्ताव गरेको थियो भने बैठकले उक्त प्रा.लिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । 

    उक्त केबलकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ । त्यसैगरी ४३.२ मेगावाटको छिलुङ खोला जलविद्युत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना र ४४ मेगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृति गर्ने निर्णय बोर्डबाट भएको छ ।

    बैठकले ७५० मेगावाट क्षमताको १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत प्रतिवेदन प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय समेत गरेको छ । 

     जनकपुरमा रिफाइन इडिबल ओयल उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरू अघि बढाउने निर्णय पनि गरेको छ।

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १५:५३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij