Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पानी जहाजका लागि ८ करोड २० लाख बजेट विनियोजन

पानी जहाजका लागि ८ करोड २० लाख बजेट विनियोजन


  • 3.0K
    Shares

    पानी जहाजका लागि ८ करोड २० लाख बजेट  विनियोजन
    images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले पानी जहाजका लागि ८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ  । 

    अन्तरदेशीय जल यातायातको विकास गर्न भन्दै पानीजहाज कार्यालयलाई ८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । 

    आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धन गर्ने घोषणा गरेका छन् । 

    आगामी वर्षलाई छुट्ट्याइएको कुल बजेटमध्ये १ करोड ९३  लाख चालु र ६ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरेको छ । 

    त्यसमध्ये ६  करोड रुपैयाँ हुलाकी राजमार्गमा रकमान्तर  गरेको थियो । यस्तै ८ करोड ३० लाख रुपैयाँ बराबर बजेट खर्च हुने संशोधित अनुमान छ । यसमध्ये १ करोड ९२ चालु खर्च हुने संशोधित अनुमान रहेको छ । 

    चालु खर्चअन्तर्गत कर्मचारी पारिश्रमिकमा ७७ लाख रुपैयाँ र बाँकी सवारी साधन मर्मत, कार्यक्रम खर्च, भ्रमण बिमा सवारी साधन मर्मत लगायतका खर्च रहेको छ ।

    यस्तै आर्थिक वर्ष २०८०/८१ मा पानीजहाज कार्यालयमा १ करोड ९८ लाख रुपैयाँ बजेट खर्च भएको उल्लेख छ  उक्त वर्ष १ करोड २७  लाख रुपैयाँ चालु र ७१ लाख रुपैयाँ पुँजीगत खर्च  गरेको छ । 

     

     

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १२:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij