२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख हस्तान्तरण गर्ने भएको छ। ।
अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ लाख रुपैयाँ र स्थानीय तहलाई ३ खर्ब २० अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ।
प्रदेशमा समानीकरण अनुदान ६० अर्ब ६६ करोड, सशर्त अनुदान ३० अर्ब ३५ करोड, विशेष अनुदान ३ अर्ब २६ करोड रुपैयाँ र समपूरक अनुदान ३ अर्ब २८ करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ।
६ वटा महानगर पालिकामा संघीय सरकारले ११ अर्ब ७४ करोड रुपैयाँ अनुदान, ११ उपमहानगरमा ११ अर्ब ३८ करोड अनुदान, नगरपालिकामा १ खर्ब ४३ अर्व र गाउँपालिकामा १ खर्ब ५४ करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ।
यस्तो छ प्रदेश र स्थानीय तहले पाउने विभिन्न चार प्रकारका अनुदान :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij