Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकी डलरको मूल्य आज पनि घट्यो, कुन मुद्राको विनिमय दर कति ?

अमेरिकी डलरको मूल्य आज पनि घट्यो, कुन मुद्राको विनिमय दर कति ?


  • 960
    Shares

    अमेरिकी डलरको मूल्य आज पनि घट्यो, कुन मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ १४ पैसा र बिक्रीदर १३६ रुपियाँ ७४ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५३ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

    त्यस्तै, केन्द्रीय बैङ्कले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९० पैसा र बिक्रीदर १८ रूपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६ रूपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५१ पैसा तोकेको छ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८७ पैसा निर्धारण भएको छ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४ रूपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४८ पैसा र बिक्रीदर २० रूपैयाँ ५७ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १७ रूपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १९ पैसा रहेको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - ०६:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij