२०८२ माघ ७ गते बुधवार
काठममाडौं । मेरो माइक्रोफाइनान्स वित्तीयले करिब १३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले अनुसार १२ करोड ९३ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आर्थिक वर्षको तुलनामा भने ४.४५ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानी २१.१७ प्रतिशत बढेर ७३ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी दोहोरो अंकमा वृद्धि भएको छ भने संचालन नाफा भने ५ प्रतिशत बढेर १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खराब कर्जा १.८८ प्रतिशत बढेर ९.४९ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफामा पनि १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । यस्तै, प्रतिसेयर आम्दानी १२.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.९१ रुपैयाँमा कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ छ । कम्पनीको निक्षेप संकलन ११ प्रतिशत बढेर ३ अर्ब ७८ करोड २८ लाख रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij