Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

घट्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको भाउ कति ?

घट्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको भाउ कति ?


  • 1.4K
    Shares

    घट्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको भाउ कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । 

    निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ । हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य घटेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा रहेको थियो । 
     
    युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा छ । स्विस फ्र्यांक एकको खरिददर १६४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
     
    अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६४ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
     
    केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा तोकेको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
     
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा तोकिएको छ । 

    मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा निर्धारण भएको छ ।
     
    साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । 

    डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०१ पैसा तोकिएको छ । 

    बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - ०६:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij