Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपालमा विश्वको ६० वटा बढी देशबाट झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात

नेपालमा विश्वको ६० वटा बढी देशबाट झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात


  • 2.6K
    Shares

    नेपालमा विश्वको ६० वटा बढी देशबाट झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको  स्मार्टफोन नेपाल  आयात भएको छ ।

    भन्सार विभागले सार्वजनीक गरेको तथ्याङ्क अनुसार समिक्षा अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ भने १५ लाख ८४ हजार ९५६ युनिट स्मार्टफोन आयात भएको हो ।

    गत आर्थिक वर्षको तुलनामा १६.६९ प्रतिशत बढी  भएको छ । गत आर्थिक वर्षको  सो अवधमिा २१ अर्ब ७५ करोड २८ लाख रुपैयाँ बराबरको १३ लाख ९१ हजार ८४५ युनिट स्मार्टफोन आयात भएको थियो । नेपालमा विश्वको ६० वटा बढी देशबाट स्मार्टफोन आयात भएको छ ।

    नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट १७ अर्ब २६ करोड ६० लाख रुपैयाँ, भारतबाट  ७ अर्ब ६४ करोड २३ लाख रुपैयाँ, अमेरिकाबाट १२ करोड ५ लाख बराबरको १ हजार ३३ युनिट, यूएईबाट ८ रकोड ८७ लाख, जापानबाट ७ करोड १४ लाख, अष्ट्रेलियाबाट ६ करोड ४१ लाख, कतारबाट ३ करोड ५७ लाख, कोरियाबाट ३ करोड १६ लाख, बेलायतबाट १ करोड ६४ लाख, हङकङबाट १ करोड १२ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ११:४४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij