२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर योजना सार्वजनिक गरेको छ। बुधबारदेखि सुरु भएको अफर योजना वैशाख २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन २ जना भाग्यशाली प्रयोगकर्ताले ५/५ हजार रुपैयाँको बोनस जित्न सक्ने छन् भने १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने छ ।
खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर गर्ने तथा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि योग्य हुने इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij