२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तको ९ महिनामा भन्सारविन्दुबाट ३ खर्ब बढी राजस्व संकलन भएको छ ।
भन्सारबाट ३ खर्ब ४३ अर्ब ११ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको भन्सार विभागले जानकारी दिएको छ ।
१३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा उक्त राजस्व संंकलन भएको छ । १४ खर्ब ९७ अर्ब ७२ करोडको वस्तु व्यापार भएको हो । १३ खर्ब ९ अर्ब ५३ करोड बराबरको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij