२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात भएको छ ।
साउन महिनादेखि चैतसम्मको समय अवधिमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
उक्त समयावधिमा नै ६ करोड १७ लाख ३१ हजार रुपैयाँको खाद्यान्न निर्यात समेत भएको छ । नेपालले ४७ अर्ब ७९ करोड ५३ लाख ६० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात हुँदै आएको छ भने खाद्यान्न आयात गर्दा सरकारले ४ अर्ब २९ करोड १७ लाख ४९ हजार रुपैयाँको राजस्व सङ्कलन गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij