२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि अर्को पार्टी खोल्दा पनि आफूले सम्झाइबुझाइ गरिरहनु परेको बताएका छन्। आफूलाई कुनै बेला सिध्याउने गरी कारबाही गरेको स्मरण गर्दै ओलीले यस्तो बताएका हुन् ।
बिहीबार बल्खुमा एमाले पार्टी कार्यालयकाे शिलान्यास गर्दै उनले वरिष्ठ नेता माधव नेपाल पक्षलाई अझै पार्टीमा फर्किने अवसर रहेको बताए। उनले भने, ‘अनुशासनमा बसेर पार्टीमै काम गर्ने अवसर अझै छ। यसलाई कमजोरी नठानियोस् ।’
ओलीले नेपाल पक्षको गुटगत सौदाबाजी भने सहन नसकिने बताए। त्यस्तो खालको सम्झौता हुन नसक्ने उनको भनाइ थियो।
बुधबार मात्रै नेता नेपालसँग छलफल गरेका उनले उक्त समूह पार्टीलाई सिध्याउने गरि लागेको आरोप लगाए।
कर्णाली प्रदेशमा पार्टी निर्णय विपरित फ्लोर क्रस गर्दै अराजकता मच्चाउने काम गरेको भन्दै ओलीले आक्रोश पोखे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij