२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा २ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
१ खर्ब २२ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै तेस्रोमा पाम तथा प्रशोधित तेल आयात भएको छ । पाम तथा प्रशोधित तेल १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कमा जारी गरीएको छ ।
बोइलिङ मेशिन ८८ अर्ब ४७ करोड रुपैयाँको, इलेक्ट्रिकल मेशिन तथा उपकरण ८६ अर्ब १० करोड रुपैयाँको र सवारी साधन तथा पार्टपुर्जा ७० अर्ब ४२ करोड रुपैयाँ बरबरको आयात भएको छ ।
औषधजन्य वस्तु ३२ अर्ब ४ करोड रुपैयाँको, २० अर्ब २६ करोड रुपैयाँ बराबरको मल, २३ अर्ब ४ करोड रुपैयाँ बराबरको कपडा आयात भएको विभागको तथ्याङ्कमा जारी गरीएको छ । २१ अर्ब ७० करोड बराबरको तेल जन्य वियाँ आयात भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij