Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यातायात कार्यालय नवलपरासीद्वारा ९ महिनामा २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन

यातायात कार्यालय नवलपरासीद्वारा ९ महिनामा २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन


  • 1.3K
    Shares

    यातायात कार्यालय नवलपरासीद्वारा ९ महिनामा २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन
    images

    काठमाडौं । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताए ।

    “यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु चार करोड नौ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु २३ लाख ५८ हजार ४६० र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व सङ्कलन भएको छ”, उनले भने।

    यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैतमा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताए । यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको जाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावका रूपमा चैतमा मात्र रु चार करोड ८० लाख २५ हजार ६२५ राजस्व सङ्कलन भएको उनले बताए ।
     
    “प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्तदुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो, सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो”, उनले भने, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।”

    सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको उनले जनकारी दिए ।

    “सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, उनले भने, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।” गत आव २०८०र८१ मा यातायात व्यवस्था कार्यालयले रु ३० करोड ३५ लाख ५३ हजार ९५३ सङ्कलन गरेको थियो ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १२:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij