Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भट्ट गभर्नर बन्ने सम्भावना न्यूनः निलम ढुंगानालाई नै कामु बनाइराख्ने ओलीको दाउ, सिफारिस समिति निरीह

भट्ट गभर्नर बन्ने सम्भावना न्यूनः निलम ढुंगानालाई नै कामु बनाइराख्ने ओलीको दाउ, सिफारिस समिति निरीह


  • 5.1K
    Shares

    भट्ट गभर्नर बन्ने सम्भावना न्यूनः निलम ढुंगानालाई नै कामु बनाइराख्ने ओलीको दाउ, सिफारिस समिति निरीह
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ति गर्न बनाइएको सिफारिस समिति निरीह देखिएको छ । हालसम्म बैठक पनि बस्न नसकेको सो समिति नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि आउने नामका आधारमा औपचारिकता पूरा गर्ने कठपुतली वा रबरस्ट्याम्प मात्र बन्ने देखिएको हो ।

    दलहरूले नाम मात्रको बनाएपछि विज्ञहरू सम्मिलित समिति चुपचाप बसेको छ । अर्थ मन्त्रालय आफूहरूको भएको हुँदा गभर्नर आफूहरूले भनेकै व्यक्ति हुनुपर्ने अडानमा नेकपा एमाले रहेको छ भने कांग्रेस कुनै पनि हालतमा गभर्नर नछाड्ने पक्षमा देखिएको छ ।

    कांग्रेसले गभर्नर नछाडेमा निलम ढुंगानालाई नै कामु गभर्नर बनाइराख्ने योजना एमालेको रहेको छ । सोही कारण सरकारले ढुंगानालाई निमित्त नदिईकन कायममुकायम दिइएको बताइएको छ ।

    नेपाली कांग्रेसले डा. रवीन्द्र पाण्डेलाई गभर्नर बनाउन खोजेपछि एमालेले राजेन्द्रकिशोर क्षेत्रीलाई अगाडि सारेको थियो । उमेर हदसम्बन्धी व्यवस्थालाई लिएर दायर भएको रिटमा सर्वोच्चबाट आएको अन्तरिम आदेशपछि गभर्नरको दौडमा रहेका पाण्डे र क्षेत्री अन्योलमा रहेका छन् ।

    न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आइतबारका लागि अर्को पेशी तोक्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ, त्यसपछि निर्णय हुनेछ ।

    आइतबारअघि सरकारले गभर्नर नियुक्त गर्ने सम्भावना नरहेको र आइतबारको पेशीका आधारमा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने तयारी सरकारको रहेको छ ।

    गभर्नर नियुक्तिमा उमेर हद हटाएर मापदण्डमा गरेको संशोधनलाई चुनौती दिँदै सर्वोच्च अदालतमा ३१ चैतमा रिट निवेदन दायर भएको थियो ।

    अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट निवेदन दायर गराएका थिए । रिट निवेदनमा सरकारको निर्णय बदर गरी गभर्नरमा उमेरजन्य योग्यता तोक्न परमादेश माग गरिएको थियो ।

    सरकारले शक्ति समूहको स्वार्थमा मुख्यसचिवबाट अवकाश पाएका राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउने तयारीस्वरूप उमेर हदको व्यवस्था हटाएको आशंका गरिँदै आएको छ ।

    आइतबार सर्वोच्चले सकारात्मक आदेश दिएमा ६५ वर्ष नाघिसकेका राष्ट्र बैंकका सञ्चालक डा. रवीन्द्र पाण्डेलाई गभर्नर बनाउने र नभए डा. गुणाकर भट्टलाई बनाउने योजना कांग्रेसको रहेको छ ।

    हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहेका डा. भट्ट जुनियर भएकाले एमालेले असन्तुष्टि व्यक्त गर्दै आएको छ । वरीयताका हिसाबले भट्ट राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर र दुई कार्यकारी निर्देशकपछि पाचौं नम्बरमा छन् ।

    सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिको बैठक पनि आइतबार मात्र बस्ने सम्भावना रहेको छ । समितिले तीन जनाको नाम सिफारिस गर्नेछ र तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्नेछ ।

    गत २४ चैतमा नै गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिएर अवकाशमा गएपछि सरकारले ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको थियो ।

    भट्टलाई गर्भनर बनाउन राष्ट्र बैंक ऐन र विगतको अभ्यास हेर्दा उपयुक्त नदेखिएको तर्क एमाले पक्षधरको छ । गभर्नर नियुक्तिको तयारी अन्तिम चरणमा पुग्न लाग्दा पनि भट्ट राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा बहाल छन् । हालसम्म राजीनामा दिइनसकेकाले र राष्ट्र बैंकमा कार्यरत नै रहेकाले गभर्नरमा सिफारिस गर्न कानुनी रूपमा नमिल्ने तर्क पनि एमालेको छ ।

    भट्टलाई गभर्नर बनाउँदा उनीभन्दा सिनियर कर्मचारीलाई काम गर्न नैतिक संकट पर्ने तर्क एमालेको रहेको छ ।

    नेपाल राष्ट्र बैंक ऐन, २०८५ को दफा १५ को उपदफा ३ मा गभर्नरको नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

    डेपुटी गभर्नरबाहेक राष्ट्र बैंकको कुनै पनि कर्मचारीलाई सिधै गभर्नर बनाउन नमिल्ने तर्क एमालेको छ ।

    प्रधानमन्त्री ओलीले राष्ट्र बैंकको गभर्नर आफैं राख्ने योजना बनाएपछि कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै सरकारको विरोध गरिरहेका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटे पनि कांग्रेस र देउवा सशंकित अवस्थामै रहेका छन् ।

    यहीबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा जाने तयारीमा छन् । कांग्रेस सभापति देउवा उपचारका क्रममा आइतबार सिंगापुर जाने बताइएको छ । उपचारका लागि जाने बताइए पनि नयाँ समीकरणको सरकार निर्माणका लागि देउवा उता जान लागेको र गभर्नरकै विषयलाई लिएर कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावना रहेको बताइएको छ ।

    बजारमा सरकार ढल्ने हल्ला चलेपछि मंगलबार बिहान ओली र देउवाबीच बालुवाटारमा एकान्त–वार्ता भएको थियो । २५ चैत २०७६ बाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी कार्यकाल सकेर बिदा भएपछि गभर्नर पद खाली छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ०५:४४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij