Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव

कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव


  • 7.7K
    Shares

    कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव

    काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिने भएको छ ।

    बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति  संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ। यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए ।

    गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए । सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो। उनी राष्ट्रियसभाका पूर्व सदस्य तथा पूर्व महान्याधिवक्ता समेत हुन् ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १३:३९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij