Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी, कर्णाली र सुदूरपश्चिम एक महिनादेखि डीआईजीविहीन, एसएसपीको कमान्डमा प्रदेश

गण्डकी, कर्णाली र सुदूरपश्चिम एक महिनादेखि डीआईजीविहीन, एसएसपीको कमान्डमा प्रदेश


  • 1.4K
    Shares

    गण्डकी, कर्णाली र सुदूरपश्चिम एक महिनादेखि डीआईजीविहीन, एसएसपीको कमान्डमा प्रदेश

    काठमाडौं । तीन वटा प्रदेश प्रहरी कार्यालय करिब एक महिनादेखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) विहीन भएका छन् ।

    प्रदेश प्रहरी प्रमुखको रुपमा रहने डीआईजी अवकाशमा गएपछि तीन प्रदेशको कमाण्ड एक महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले गरिरहेका छन् ।

    डीआईजी विहीन हुनेहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय छन् । यी तीन वटै प्रदेशका डीआईजीहरु ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।

    सुदूरपश्चिम प्रदेशका डीआईजी गणेश चन्द ४ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएयता उक्त प्रदेश डीआईजी बिहिन छ ।

    कर्णाली प्रदेश पनि एक महिनाभन्दा बढी समयदेखि डीआईजीविहीन छ । कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएर प्रदेश समन्यव विभागमा हाजिर भएका थिए । त्यसयता कर्णाली प्रदेश डीआईजीविहीन छ । केही दिनका लागि एआईजी बनाइएका भट्टराई पनि ३० वर्षे सेवा अवधिका कारण ४ चैतमा अनिवार्य अवकाशमा गएका थिए ।

    गण्डकी प्रदेशका भोलाबहादुर रावल पनि ४ चैतमै अनिवार्य अवकाशमा गएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पनि डीआईजीविहीन बनेको छ । पहिला एआईजीको बढुवा गरेपछि मात्रै डीआईजीको बढुवा गर्ने तयारी रहेकाले अझै लामो समय प्रदेशहरु डीआईजीविहीन हुने देखिन्छ ।

    अहिले गण्डकी प्रदेशको कमाण्ड एसएसपी महेन्द्र खड्काले गरिरहेका छन् । कर्णालीको कमाण्ड एसएसपी शिवकुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको कमाण्ड एसएसपी प्रकाश मल्लले गरेका छन् ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १२:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij