Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

घ्यू तेलमा सबैभन्दा उच्च मूल्यवृद्धि, फागुनमा औसत ३.७५ प्रतिशत

घ्यू तेलमा सबैभन्दा उच्च मूल्यवृद्धि, फागुनमा औसत ३.७५ प्रतिशत


  • 1.7K
    Shares

    घ्यू तेलमा सबैभन्दा उच्च मूल्यवृद्धि,  फागुनमा औसत ३.७५ प्रतिशत
    images

    काठमाडौं । गत फागुनमा औसत मूल्यवृद्धिदर ३.७५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.८२ प्रतिशत रहेको थियो ।

    सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९७ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यी समूहको मूल्यवृद्धिदर क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औल्याएको छ ।

    गत फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तर, मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७, तरकारीको १.२४ र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र यातायातको ५.०७ प्रतिशतले बढेको बताइएको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १७:३८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij