२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । आगामी आर्थिक वर्षदेखि १ करोड भन्दा कम लागतको वार्षिक बजेट योजना समावेश नगर्ने मधेस सरकारले निर्णय गरेको छ । पहिलो पटक जनकपुरधाममा बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले यस्तो निर्णय गरेको छ ।
बैठकले एक करोडभन्दा कम लागतको कुनै पनि योजना वा कार्यक्रम वार्षिक कार्ययोजनामा नसमेटिने निर्णय गरेको हो । मधेस प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रोजेक्ट बैंक’ मा सबै योजनाहरू प्रविष्ट गरेपछि मात्र तिनलाई ‘पीएलएमबीआइएस’ प्रणालीमा समावेश गर्ने निर्णय बैठकमा भएको छ ।
आगामी जेठ २१ गतेभित्र सबै आयोजनाहरू प्रोजेक्ट बैंक तथा पीएलएमबीआइएसमा दर्ता गर्नु पर्ने आयोगको उपाध्यक्ष डा सोहनकुमार साहले बताएका छन् । अधुरा, अपूरा योजनाको विवरण पनि प्रोजेक्ट बैंकमा समावेश गर्ने त्यसलाई पनि आवश्यकता अनुसार वार्षिक कार्यक्रममा राख्ने बैठकले निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij