Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

मधेस प्रदेश सरकारद्वारा ४१ अर्ब १३ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ)

मधेस प्रदेश सरकारद्वारा ४१ अर्ब १३ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ)


  • 2.9K
    Shares

    मधेस प्रदेश सरकारद्वारा ४१ अर्ब १३ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ)
    images

    काठमाडौं । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि करिब ४१ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा सोमबार अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् । 

    चालु आर्थिक वर्ष (२०८२\८३) मा मधेसले ४६ अर्ब ५८ करोड बराबरको बजेट ल्याएको थियो । चालु आवको बजेट गत वर्षभन्दा १३ प्रतिशत कम हो । 

    उक्त खर्चमध्ये चालुतर्फ‍‍‍ १४ अर्ब ६६ करोड अर्थात् ३५.९४ प्रतिशत, पुँजीगततर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ विनियोजन गरिएको छ । 

    खर्चको स्रोतमध्ये आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड, वित्तीय समानीकरणबापत ९ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद मौज्दातबापत ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको अर्थमन्त्री भट्टराईले बताएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १५:१३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij