Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आगामी आर्थिक वर्षमा सात प्रदेशलाई दिने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक

आगामी आर्थिक वर्षमा सात प्रदेशलाई दिने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक


  • 2.6K
    Shares

    आगामी आर्थिक वर्षमा सात प्रदेशलाई दिने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक
    images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरिएको  छ। 

    अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहको लागिको ७८ अर्ब ८५ लाख रुपैयाँ राजस्व बाँडफाँट बापत् रकमको अनुमान गरेको छ । मन्त्रालयले मधेस प्रदेशलाई १२ अर्ब ३५ करोड, कोशी प्रदेशलाई १२ अर्ब ३९ करोड, बाग्मती प्रदेशलाई ११ अर्ब ५२ करोड, गण्डकी प्रदेशलाई ९ अर्ब ७९ करोड, कर्णाली प्रदेशलाई १० अर्ब २७ करोड लुम्बिनी प्रदेशलाई ११ अर्ब ६६ करोड, र सुदुरपश्चिम प्रदेशलाई ९ अर्ब २७ करोड रहेको छ । 

    बाँडफाँट हुने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सूत्र अनुसार बाँडफाँट सम्बन्धित प्रदेशमा विभाजन गर्ने व्यवस्था रहेको छ । 

     

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १२:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij