Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज अमेरिकी डलरको विनियमदर बढ्यो, कुन मुद्राको भाउ कति ?

आज अमेरिकी डलरको विनियमदर बढ्यो, कुन मुद्राको भाउ कति ?


  • 1.7K
    Shares

    आज अमेरिकी डलरको विनियमदर बढ्यो, कुन मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर १३७ रुपैयाँ १० पैसा छ। 

    गएका चार दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज थोरै बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरि आज युरो १ को खरिददर १४७  रुपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०६ पैसा छ। हिजो युरो १ को खरिददर १४७  रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा  थियो। 

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३४ र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा थियो। 

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ५१ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा थियो। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

    Screenshot_2025-04-03_051302_xoniulbQYr.png

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ०६:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij