Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

आज अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची


  • 1.3K
    Shares

    आज अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

    आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने स्थिर छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ। बिगत चार दिनदेखि अमेरिकी डलरको विनियमदर यही छ। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो १ को खरिददर १४७  रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा छ। हिजो युरो १ को खरिददर १४७  रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा थियो। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३४ र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा थियो। 

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ५१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा छ। हिजो पनि बहराइन दिनारको खरिददर यही थियो थियो। 

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - ०५:३५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij