२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले १ अर्ब भन्दा बढीको हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले आज अर्थात (चैत १९) गतेदेखि हकप्रद शेयर बिक्री गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले चुक्ता पूँजीको एक बराबर एक अनुपातमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ। इच्छुक लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्ने छन्। नेप्सेमा कारोबार भई कायम रहेको सेयरधनीहरूले मात्र सो हकप्रद शेयरको लागि आवेदन दिन सक्ने छन्।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फतआवेदन दिन सकिने व्यवस्था रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij