Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री


  • 1.6K
    Shares

    आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
    images

    काठमाडौं । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए ।

    उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ । जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कम्पनीले जनाएको छ । जिल्लामा चालू आवका लागि ११ हजार मेट्रिक टन युरिया, छ हजार मेट्रिक टन डिएपी र ५०० मेट्रिकटन पोटास मल आएको थियो । 

    किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएका कारण वैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजवंशीले बताए । ‘माग धान्ने गरी हामीसँग रासायनिक मल छैन’, प्रमुख राजवंशीले भने, ‘स्टक राखिएको मल पनि सकिन लाग्यो, वैशाखसम्म धान्न सक्छ ।’  थप रासायनिक मल वैशाखमा मात्र आउने बताइएको छ । चालू आर्थिक वर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी बिक्री भइरहेको देखिएको उनले बताए । उनले अब चार हजार मेट्रिकटन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिए । उनले जिल्लामा अन्य मलको तुलनामा युरिया मलको माग ह्वात्तै बढेको बताए ।

    यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ ।  
     

     

     

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १४:०७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij