२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा चैत ६ गते सम्पन्न भएको छ।
साधारण सभाले चालू आर्थिक वर्षको लेखापरीक्षण गर्न प्रदीप कुमार श्रेष्ठ, मधुविर पाण्डे, र सृष्टि कोइरालालाई चाटर्ड एकाउन्टेन्टहरूलाई लेखापरीक्षकको रूपमा नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको हो। बैंकको नियमावली अनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रक्रिया उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको छ। साथै, महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श अनुसार यो निर्णय लिइएको हो।
सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू पारित गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij