Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश

सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश


  • 918
    Shares

    सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अर्को अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो । 

    सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिएका छन् ।

    उनले अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८ अध्यादेश जारी गर्नका लागि सिफारिस भएर राष्ट्रपति कार्यालयमा पुगेको र २ अध्यादेश जारी भएको जानकारी दिएका छन् । बाँकी रहेको ६ अध्यादेशअध्ययनको क्रममा रहेको उनले बताएका छन् ।  

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १७:५७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij