Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वाणिज्य बैंकको नाफा ४९ अर्ब २१ करोड, नबिल पहिलो, ग्लोबल र कुमारी सँगसँगै (सूचीसहित)

वाणिज्य बैंकको नाफा ४९ अर्ब २१ करोड, नबिल पहिलो, ग्लोबल र कुमारी सँगसँगै (सूचीसहित)


  • 582
    Shares

    वाणिज्य बैंकको नाफा ४९ अर्ब २१ करोड, नबिल पहिलो, ग्लोबल र कुमारी सँगसँगै (सूचीसहित)

    काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत)सम्म ४९ अर्ब २१ करोड रुपैयाँ बढी नाफा कमाएका छन्। सार्वजनिक विवरणहरु अनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको चैतसम्म ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो। 

    अघिल्लो वर्षको चैतसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा १९.३० प्रतिशतले बढेको छ।

    सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ। नबिल बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    ग्लोबल आइएमई बैंकले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यसैगरी कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १३६१।७६ प्रतिशतले बढेको छ। 

    एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नेपाल इन्भेस्टमेन्ट मेगाले ४ अर्ब ५४ करोड लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। 

    राष्ट्रिय बाणिज्य बैंकले नाफामा झण्डै दोब्बरको ’उछाल’ मार्दै २ अर्ब ७६ करोड २० लाख रुपैयाँ पुर्‍याएको छ । नेपाल बैंकको ३२ करोड १३ लाख रुपैयाँ मात्र वितरणयोग्य मुनाफा रहेको छ भने राष्ट्रिय बाणिज्य बैंकको ३१ करोड ६१ लाख रुपैयाँ मात्र सञ्चित छ । 

    ९ महिनाको अवधिमा क्रमशः प्राइम बैंकको नाफा ३८.५८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड, नेपाल बैंकको ०.३४ प्रतिशत २ अर्ब ७९ करोड, राष्ट्रिय बाणिज्य बैंकको १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड, एनएमबि बैंकको १३.२५ प्रतिशतले बढेर२ अर्ब ६८ करोड, सानिमा बैंकको ४२.२२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

    स्टान्र्डड चार्टड बैंकको नाफा भने ४.२४ प्रतिशतले घटेको छ । बैंकले ९ महिनाको अवधिमा २ अर्ब ८ करोड नाफा आर्जन गरेको हो ।

    लक्ष्मी सनराइज बैंकको नाफा २३.३६ प्रतिशतले बढेर २ अर्ब ३ करोड, सिद्धार्थ बैंकको २० प्रतिशतले बढेर २ अर्ब १ करोड, माछापुच्छ्रे बैंकको ५० प्रतिशतले बढेर १ अर्ब ६५ करोड र नेपाल एबिआई बैंकको २१ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

    समिक्षा अवधिमा कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोडमा सीमित भएको भने सिटिजन्स बैंकको ३५ प्रतिशतले बढेर १ अर्ब ३० करोड पुगेको छ । प्रभु बैंकको नाफा ५४ प्रतिशतले घटेर ८५ करोड रुपैयाँमा खुम्चिएको हो ।

    हिमालयन बैंकको नाफा ५२ प्रतिशतले बढेको छ भने एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले घटेर १४ करोडमा खुम्चिएको छ । 

    Capture-3.jpg

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १३:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij