Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एनआईसी एशिया बैंकद्वारा विद्यालयमा खानेपानी ट्यांकी र पम्प प्रदान

एनआईसी एशिया बैंकद्वारा विद्यालयमा खानेपानी ट्यांकी र पम्प प्रदान


  • 547
    Shares

    एनआईसी एशिया बैंकद्वारा विद्यालयमा खानेपानी ट्यांकी र पम्प प्रदान

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

    विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको हो । एक कार्यक्रमबीच यस बैंकका सर्कल हेड-धनगढीका दिपक विष्टले उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरे ।

    फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

     

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १७:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij