Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

जग्गा रोक्का फुकुवाका लागि अब मालपोत जानु नपर्ने, अनलाइनबाटै हुने

जग्गा रोक्का फुकुवाका लागि अब मालपोत जानु नपर्ने, अनलाइनबाटै हुने


  • 435
    Shares

    जग्गा रोक्का फुकुवाका लागि अब मालपोत जानु नपर्ने, अनलाइनबाटै हुने

    काठमाडौं ।  अब जग्गाको रोक्का र फुकुवाका लागि मालपोत कार्यालय जानु नपर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का तथा फुकुवाको सम्पूर्ण कामलाई अनिवार्य रूपमा अनलाइन प्रणालीबाट गर्ने जनाएको हो ।

    विभागले एक सूचना जारी गर्दै सेवालाई पूर्णतः डिजिटल बनाउन यस्तो व्यवस्था लागु गर्न लागिएको जानकारी दिएको छ । उक्त सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाबाट यही वैशाख २१ गतेदेखि धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्य अनलाईन प्रणालीबाट मात्रै हुने भएको हो ।

    सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागु गर्न, नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त सेवा पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउन तथा सम्पूर्ण सेवा प्रक्रियालाई मुहारबिहीन, समयबद्ध र डिजिटल प्रणालीमा पान्तरण गर्ने लक्ष्य सरकारको रहेको छ ।

    यो प्रणाली लागु भएपछि सेवा प्रवाह छिटो, सहज र बिचौलियामुक्त बन्ने सरकारको जिकिर छ ।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १८:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij