२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । गण्डकी प्रदेशमा प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा सर्बसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु रहेको छ।
नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारको अध्यक्ष, कार्यकारी निर्देशक गुणाकर भट्ट, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकको अधिकारीहरू, र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा प्रभु बैंकको गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिए ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्वको बारेमा जानकारी दिएको थियो । उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij