२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ भन्ने नयाँ अभियान सुरु भएको छ। अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने रहेको बैंकले जनाएको छ।
बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डिरेक्ट कारोबार गर्नु पर्ने रहेको छ।
हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्ने छन् भने एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिने व्यावस्था रहेको छ। चैत १ गतेदेखि सुरु भएको यो अभियान चैत ३१ गतेसम्म सञ्चालन हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij