२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को तेस्रो साधारणसभा सम्पन्न भएको छ । शुक्रवार काठमाडौंको ग्राण्ड होटलमा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति पनि चयन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिमा केटिएम भ्वाइसका सम्पादक रोयल आचार्य दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा दोहोरिएका छन् ।
आचार्यसहित सबै पदाधिकारी दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । इमानको उपाध्यक्षमा डिल्ली सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंकबहादुर कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा दोहोरिएका हुन् ।
संस्थाको सदस्यहरुमा डिआर आचार्य, अप्सरा गौतम, उत्सव ढकाल र मनोज थापा दोहोरिएका छन् भने नयाँ सदस्यका रुपमा गीता भुसाल सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij