२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएपछि आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
‘आजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । अर्को बैठक कहिले बस्ने एकिन भएको छैन,’ सचिव शर्माले भने ।
आजको बैठकमा पार्टी महाधिवेशनबारे छलफल गर्ने एजेण्डा थियो । भाइको निधन भएपछि नेता पौडेल अन्तिम संस्कारका लागि चितवन गएका उनको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij