Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

छत्तीसगढमा आक्रमणमा परेर आठ प्रहरीको मृत्यु

छत्तीसगढमा आक्रमणमा परेर आठ प्रहरीको मृत्यु


  • 1.1K
    Shares

    छत्तीसगढमा आक्रमणमा परेर आठ प्रहरीको मृत्यु
    images

    नयाँ दिल्ली–मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीद्वारा राखिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विस्फोट हुदाँ आठ प्रहरी र एक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब ४४२ किलोमिटर दक्षिणमा रहेको बीजापुर जिल्लाको बेद्रे–कुत्रु रोडमा आक्रमण भएको हो ।

    प्रहरीका अनुसार जिल्ला रिजर्भ गार्डका प्रहरी नक्सल विरोधी अभियानबाट फर्कदै गर्दा उनीहरुमाथि आक्रमण भएको हो ।

    टेलिभिजन फुटेजले घटनास्थलमा ठूलो क्रेटर र क्षतिग्रस्त गाडीका टुक्राहरू वरिपरि छरिएका देखाएको छ ।

    रायपुरबाट करिब १९२ किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लाको अबुझमद जङ्गल क्षेत्रमा पाँच नक्सलवादी र एक प्रहरीको भिडन्तमा मृत्यु भएको एक दिनपछि यो आक्रमण भएको हो ।

    छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओले प्रहरीको बलिदान खेर नजाने बताउनुभयो । 

    “सुरक्षा बलहरू नक्सलहरूलाई भित्र भित्रैबाट हटाउन काम गरिरहेका छन् । नक्सलहरूले निराशामा यो आक्रमण गरेका छन् । प्रहरीहरूको यो बलिदान व्यर्थ जानेछैन,” साओले मिडियालाई बताउनुभयो। 

    हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन् ।

    नयाँ दिल्लीले आफ्ना अर्धसैनिक बलका धेरै कम्पनीहरूलाई आफ्नो गढमा नक्सलहरूलाई लड्न खटाएको छ ।

    विद्रोहले सयौंको ज्यान लिनुका साथै हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाएको बताइएको छ ।

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - ०७:५७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij