Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गाजामा युद्धविरामका लागि कतारमा पुनः वार्ता शुरू

गाजामा युद्धविरामका लागि कतारमा पुनः वार्ता शुरू


  • 1.4K
    Shares

    गाजामा युद्धविरामका लागि कतारमा पुनः वार्ता शुरू
    images

    गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा इजरायली प्रतिनिधिमण्डलसहित कतारमा वार्ता शुरू भएको छ । बन्धक रिहाई र युद्धविराम व्यवस्थाबारे छलफल गर्न इजरायली सरकारले प्रतिनिधिमण्डलको टोली कतार पठाएको हो ।

    प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीहरू रहेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिएको र टोलीले हरेक बन्धकलाई फिर्ता गर्ने बीबीसीले जनाएको छ ।

    वार्ता शुरू भएसँगै हमासले इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले आफ्नो कब्जामा रहेकी इजरायली बन्दी लिरी अलबागको भिडियो सार्वजनिक गरेको हो ।

    इजरायलसँग युद्धविराम र बन्दी रिहाईसम्बन्धी सम्झौताबारे कतारमा वार्ता शुरू भएकै समयमा हमासले १९ वर्षीया अलबागको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा अलबागले इजरायल सरकारलाई सम्झौतामा पुग्न अनुरोध गरेकी छिन् ।

    सन् २०२३ को अक्टोबरमा हमासले गाजासँगको सीमामा रहेको सेनाको नहाल ओज आधार शिविरमा आक्रमण गरेर ६ जना महिला सिपाहीलाई बन्दी बनाएको थियो । अलबाग तिनै छ जनामध्ये एक हुन् । यीमध्ये पाँच जना अहिले पनि हमासको कब्जामा भएको बताइएको छ । 

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - ०७:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij