Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मोही माग्ने तर ढुङ्ग्रो लुकाउने शैलीमा माधव नेपालले कार्यकर्ताको आँखामा यसरी हाले छारो 

मोही माग्ने तर ढुङ्ग्रो लुकाउने शैलीमा माधव नेपालले कार्यकर्ताको आँखामा यसरी हाले छारो 


  • 6.9K
    Shares

    मोही माग्ने तर ढुङ्ग्रो लुकाउने शैलीमा माधव नेपालले कार्यकर्ताको आँखामा यसरी हाले छारो 

    काठमाडौं । नेकपा एमालेको आधिकारित अध्यक्ष केपी ओलीको कारबाहीमा परेका निलम्वित नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको बताएका छन् । कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले घोषणा गरेका छन् ।

    काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको दावी गरे ।

    नेपालले भने–कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला । कानूनले नदिने संकेत गर्दै नेपालले कार्यकर्ताको आँखामा छारो हाल्दै आफु आधिकारिक भएको देखाएका हुन्। 

    केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दावी नेपालको छ । उनले आफूहरु ओलीसँग नझुक्ने बताए ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १४:२७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij