२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।
ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरु दिउँसो १२ बजे छलफलमा बस्ने भएका हुन् ।
नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए ।
ओलीको यो कदम नीति, विधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डविपरित भएको भन्दै माधवकुमार नेपाल र भीम रावले कारवाही अस्वीकार गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij