Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यी हुन् १ बजे सपथ खाने प्रदेश एक सरकारका मन्त्रीहरू, हेरफेरको लिस्टमा को-को परे ?

यी हुन् १ बजे सपथ खाने प्रदेश एक सरकारका मन्त्रीहरू, हेरफेरको लिस्टमा को-को परे ?


  • 6.1K
    Shares

    यी हुन् १ बजे सपथ खाने प्रदेश एक सरकारका मन्त्रीहरू, हेरफेरको लिस्टमा को-को परे ?

    काठमाडौँ । आफ्नो नेतृत्वको सरकार तत्काल नढल्ने पक्का भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मुख्यमन्त्री राईले अर्थमन्त्रीमा टंक आङबुहाङ र सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । त्यसैगरी हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङलाई भौतिक पूर्वाधारमन्त्री र राम रानालाई कृषिमन्त्रीको जिम्मेवारी दिएको बुझिएको छ ।

    नयाँ मन्त्रीहरूको दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।आङबुहाङ माओवादीबाट एमाले प्रवेश गरेका हुन भने राई नेपाल समूहबाट ओली समूहमा फर्किएकी हुन् ।

    त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री दिएको बुझिएको छ । तर केही नाम अझै छलफकै क्रममा रहेकाले हेरफेर हुनसक्ने मुख्यमन्त्री राई निकट स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपनि फिर्ता गर्ने सहमति भैसकेको छ ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १२:२६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij