Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर


  • 2.7K
    Shares

    लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

    १. विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? 

     रु. ६४ अर्ब ५४ करोड

    सातै प्रदेशको बजेट : २०८१/८२

    – कोशी

    कुल बजेट : ३५ अर्ब २८ करोड

    चालु : १४ अर्ब ४७ करोड

    पुँजीगत : १६ अर्ब २० करोड

    (आव २०८०/८१ : रु. ३६ अर्ब ७४ करोड)

    – मधेश

    कुल बजेट : ४३ अर्ब ८९ करोड

    चालु : १६ अर्ब ७ करोड 

    पुँजीगत : २७ अर्ब ८९ करोड 

    (आव २०८०/८१ : रु. ४४ अर्ब ११ करोड)

    – बागमती

    कुल बजेट : ६४ अर्ब ५४ करोड

    चालु : २६ अर्ब १० करोड

    पूँजीगत : ३६ अर्ब ९४ करोड

    (आव २०८०/८१ : रु. ६२ अर्ब ७१ करोड)

    – गण्डकी

    कुल बजेट : ३२ अर्ब ९८ करोड

    चालु : १३ अर्ब १६ करोड

    पूँजीगत : १९ अर्ब ५२ करोड

    (आव २०८०/८१ : रु. ३३ अर्ब ८२ करोड)

    – लुम्बिनी

    कुल बजेट : ३८ अर्ब ९७ करोड

    चालु : ११ अर्ब २४ करोड

    पुँजीगत : २४ अर्ब ५९ करोड

    (आव २०८०/८१ : रु. ४० अर्ब ४७ करोड)

    – कर्णाली

    कुल बजेट : ३१ अर्ब ४१ करोड

    चालु : सात अर्ब ५८ करोड

    पुँजीगत : १८ अर्ब ७५ करोड

    (आव २०८०/८१ : रु. ३३ अर्ब ३७ करोड)

    – सुदूरपश्चिम

    कुल बजेट : ३१ अर्ब ६३ करोड

    चालु : ११ अर्ब सात करोड

    पुँजीगत : १७ अर्ब ५३ करोड

    (आव २०८०/८१ : रु. २९ अर्ब २७ करोड)

    – सातै प्रदेशको कुल बजेट : रु. दुई खर्ब ७८ अर्ब ७० करोड

    – आव २०८०/८१ मा कुल बजेट : रु. दुई खर्ब ८० अर्ब ४० करोड

     

    २.  भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा कहिले चयन भएका हुन् ?

     सन् २०२४ जुन ७

    दुई कार्यकाल पूरा गरिसकेका विजेपी नेता नरेन्द्र मोदीले जुन ९ का दिन तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी स्वतन्त्र भारतका २० औँ प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् । 

    हालैको लोक सभा निर्वाचनमा एकल बहुमत प्राप्त नभए पछि मोदीलाई एनडिए गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने अवसर मिलेको हो । 

    ५४३ सदस्यीय लोक सभामा एनडिएलाई २९२ सिट प्राप्त भएको छ । 

     

    ३.  इजिप्टमा तेस्रो कार्यकालका लागि चुनिएका राष्ट्रपति को हुन् ?

     अब्देल फताह एल–सिसी 

     

    ४.  मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?

     क्लाउडिया सेइन वाम (सन् २०२४ जुन)

    – उनले वामपन्थी झुकाव भएको दल ‘मोरेना पार्टी’ को उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी थिइन् । 

    – सन् २०१८ मा उनी मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् र सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो । 

     

    ५.  ४३ औँ आसियान शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

     सन् २०२३ सेप्टेम्वर ४–७, जकार्ता (इन्डोनेसिया) 

    – आसियान शिखर सम्मेलन हरेक २÷२ वर्षमा आयोजना गरिने छ । 

    – आसियानको स्थापना सन् १९६७ फेब्रुअरी २४ मा भएको छ । 

     

    ६.  किर्गिजस्तानले राष्ट्रिय प्रतीक चिह्नको रूपमा के घोषणा गरको छ ?

     हिउँ चितुवा 

     

    ७.  कङ्गोको पहिलो महिला प्रधानमन्त्रीका रूपमा चयन हुन सफल राजनीतिकर्मी को हुन् ?

     जुडिथ सुमिन्वा टुलुका (सन् २०२४ अप्रिल १) 

     

    ८.  एल–निनोको कारण सिर्जित खडेरीले गर्दा स्टेट अफ डिजास्टर घोषणा गर्ने देश कुन हो ?

     जिम्बाब्बे (खडेरीका कारण ८० प्रतिशत भूभाग प्रभावित)

    ९.  चौथो साङ्घाई कर्पोरेसन अर्गनाइजेसन स्टार्टअप फोरम कहिले र कहाँ सम्पन्न भएको हो ?

     सन् २०२४ मार्च १९, नयाँ दिल्ली

     

    १०.  इन्टरनेसनल सोलार एलायन्सको गठन कहिले भएको हो ?

     सन् २०१५ नोभेम्बर ३० 

    – कर्कट रेखा र वृश्चिक रेखाको बिचमा पर्ने सौर्य ऊर्जामा समृद्ध देशहरूको गठबन्धन नै इन्टरनेसनल सोलार एलायन्स हो । 

    – यो एलायन्स गठनको प्रस्तावक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । 

    – नेपाल सन् २०२२ मा यस एलायन्सको सदस्य (१०६ औँ) बनेको छ । 

     

    ११.  लामो रुटको गाडी चलाउने पहिलो नेपाली महिला को हुन् ? 

     रेबिका साहने 

     – (विवेक स्वच्छ केन्द्र बाल आश्रममा आबद्ध) 

     

    १२.  फ्युचर फर नेचर अवार्ड २०२४ बाट सम्मानित हुने नेपाली को हुन् ? 

     रिन्जिन फुन्जोक लामा

    – लामा हुम्लामा हिउँ चितुवाको संरक्षणमा समुदायसँग कार्य गर्ने संरक्षणकर्मी हुन् । 

    – फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्यान्ड्सले प्रदान गर्ने सो पुरस्कारको राशि ५० हजार युरो रहेको छ । 

     

    १३.  बिम्स्टेक फ्याकल्टिज एक्स्चेन्ज प्रोगामको आयोजना कहाँ गरियो ?

     बङ्गलादेश (सन् २०२४ मार्च ३–६)

    – पारस्परिक सहकार्य प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । 

     

    १४.  विश्वको पहिलो वैदिक घडी कुन हो ?

     विक्रामादित्य वैदिक घडी 

    – भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको छ । 

    – समय गणना मान ३० घण्टा, एक दिन एवं एक घण्टा, ४८ मिनेट रहेको छ । 

    – यस घडीको उद्घाटन सन् २०२४ फेब्रुवरी २९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको हो । 

     

    १५.  आठौँ एसिया इकोनोमिक डायलग (एइडी) को आयोजना कहिले र कहाँ गरियो ?

     सन् २०२४ फेब्रुवरी २९–मार्च २, पुने (भारत)

    – (नारा : जिओ–इकोनोमिक च्यालेन्जेज इन एन इरा अफ फ्लक्स)

     

    १६.  ‘पैसाको उडान’ नामक कृतिका लेखक को हुन् ?

     डा. रवीन्द्र समीर

     

    १७.  तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?

     विसं २०८१ जेठ ३१

    –  यो केवलकार गत वैशाख १ गतेदखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो । 

    – तीन चरणको परीक्षणकाल सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र प्राप्त गरेको छ । 

    – केवलकारको प्रति घण्टा पाँच सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । 

     

    १८.  देशकै लामो झोलुङ्गे पुल कुन हो ?

     कठाल–मल्हनिया झोलुङ्गे पुल (मल्टिस्पान) 

    – पुलको लम्बाइ १५००.४४ मिटर रहेको छ । 

    – पुलको उद्घाटन विसं २०८० फागुन १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको हो । 

    – यस पुलले सिरहा नपा–१३, मल्हनिया (सिरहा) र जनकनन्दिनी गापा–६, कठाल (धनुषा) जोड्ने छ । 

     

    १९. ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

     नबिल बैङ्क लि. (सन् २०२४)

    – बैङ्कलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड प्रदान गरिएको हो । 

     

    २०.  सन् २०२४ जूनमा फ्रान्समा सम्पन्न कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘ग्रान्ड प्रिक्स’ अवार्ड जित्ने फिल्म कुन हो ?

     भारतीय फिल्म अल बी इम्याजिन एज लाइट (पायल कपाडिया निर्देशित) 

    – कपाडियाको यही फिल्मले ७७ औँ कान्स फिल्म फेस्टिभलमा भारतका लागि ऐतिहासिक सफलता दिलाएको छ । फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड ग्रान्ड प्रिक्स जितेको छ । 

     

    २१.  पपुवा न्युगिनीमा दुई हजारभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?

     सन् २०२४ मे २५

    – मुङ्गालो पर्वतको एउटा ठुलो भाग भत्कँदा सयौँ घरहरू पुरिएपछि ठुलो सङ्ख्यामा मानिसको ज्यान गएको छ । 

     

    २२.  पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?

     सलिना (तेजसराज जोशी निर्देशित) 

    – रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित गरिएको हो । 

     

    २३.  योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?

     केपी खनाल (सरसफाइ अभियन्ता)

    –  इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।

    प्रस्तुतकर्ता : टङ्क केसी

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - ०६:१६:५१ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij