Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पूर्व राजा र राजावादीहरूले आफुलाई ’राष्ट्रवादी’ चैं नभनून् : डा. भट्टराई

पूर्व राजा र राजावादीहरूले आफुलाई ’राष्ट्रवादी’ चैं नभनून् : डा. भट्टराई


  • 8.8K
    Shares

    पूर्व राजा र राजावादीहरूले आफुलाई ’राष्ट्रवादी’ चैं नभनून्  : डा. भट्टराई

    काठमाडौं । पूर्व प्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएको बताउनुभएको छ ।

    यी मध्ये कुनै एक खुट्टा भाचिच्दा पुरै खाट लड्ने उहाँले बताउनुभयो । शुक्रबार ट्विट गर्दै डा भट्टराइले यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले वेलैमा बुझून् भन्नुभएको छ ।

    उहाँले आजै गरेको अर्को ट्विटमा पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून् भनेर लेख्नुभएको थियो ।

    bbb.jpg

    पछिल्लो समय देशका विभिन्न ठाउँमा भएको राजावादीहरुको प्रदर्शनप्रति इंगित गदै उहाँको यस्तो भनाई आएको हो ।

    उहाँले धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठान्न समेत चेतावनी दिनुभएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - ११:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij